बोहरा मेडिको सेन्टर

एमालेबाट निष्कासित रावल गुमनामझैँ, पार्टी खोल्ने तयारी कहाँ पुग्यो ?

dream cafe
learnar

धनगढी : नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले सात महिना अघि ‘मातृभूमि जागरण अभियान’ घोषणा गरेका थिए।

अभियानमार्फत राष्ट्रिय स्वाधीनता, असंलग्न परराष्ट्र नीति, सुशासन, विकास, भ्रष्टाचारविरुद्ध जनमत निर्माण गर्ने उद्देश्य रहेको उनले बताएका थिए।

CNA

तर, अहिलेसम्म उनले पार्टी गठनको ठोस प्रक्रिया अघि बढाएका छैनन्।

रावलले सुदूरपश्चिमका विभिन्न जिल्लामा, काठमाडौंमा तथा भारतसम्म पुगेर आफ्ना शुभेच्छुक, समर्थक, बुद्धिजीवीहरूसँग भेटघाट र छलफल गर्दै समय बिताएका छन्।

उनले जिल्ला भ्रमण वर्षा यामपछि गर्ने बताएका छन्।

उनका अनुसार अभियानप्रति जनसमर्थन देखिएको छ र संगठन निर्माणतर्फ आफू केन्द्रित भएको उल्लेख गरेका छन्।

Bohora ma 1

एमालेमा झन्डै ५० वर्ष सक्रिय रहेका रावल चारपटक सांसद, एकपटक गृहमन्त्री तथा उपप्रधान एवं रक्षा मन्त्रीसमेत बनेका थिए।

तर, २०७८ को महाधिवेशनमा ओलीलाई अध्यक्ष बन्नबाट रोक्दै प्रतिस्पर्धा गरेपछि उनको एमाले नेतृत्वसँग टकराव चुलियो।

त्यसपछि २०७९ को निर्वाचनमा उनलाई टिकट नै नदिइएपछि असन्तुष्टि झनै बढ्यो।

एमालेले व्यवसायी मीनबहादुर गुरुङसँगको विवादास्पद जग्गा खरिदमा विरोध जनाएपछि अनुशासनविपरीत काम गरेको आरोपमा उनलाई गत पुस १० गते पार्टीबाट निष्कासित गर्‍यो।

हाल रावलले नयाँ पार्टी खोल्ने संकेत गरे पनि समय तोकेका छैनन्।

उनका अनुसार विभिन्न दलहरूबाट प्रस्तावहरू आए पनि उनले कुनै पनि पक्षसँग सहमति जनाएका छैनन्।

शक्ति निर्माणको प्रयास भइरहेको बताउँदै उनले पार्टी घोषणा राजनीतिक आधार बनेपछि मात्रै हुने जानकारी दिए।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.