बोहरा मेडिको सेन्टर

‘जनमानस’ प्रकाशन गर्ने डडेल्धुराका पहिलो पत्रकार भण्डारीको निधन

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा छापा पत्रकारिताको सुरुवात गर्ने प्रथम पत्रकार तेजबहादुर भण्डारीको निधन भएको छ।

अमरगढी नगरपालिका–३ तल्लीपिड घर भएका भण्डारी हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–४ मा बस्दै आएका थिए।

CNA

घटाल गाउँपञ्चायतका प्रधानपंच समेत रहेका भण्डारीको आज निधन भएको हो।

वि.सं. २०४७ मा डडेल्धुराको पहिलो साप्ताहिक पत्रिका ‘जनमानस’ प्रकाशन गरी छापा पत्रकारिताको औपचारिक सुरुवात गरेका थिए।

Bohora ma 1

सो पत्रिका जिल्ला प्रशासन कार्यालयमा दर्ता नं. १ मा सूचीकृत थियो।

सामाजिक, राजनीतिक र आर्थिक विषय समेट्ने उद्देश्यले सुरु गरिएको पत्रिका आर्थिक र प्राविधिक कारणले २०४८ मा बन्द भएको थियो।

आफ्नो उच्च शिक्षा अध्ययनको क्रममा काठमाडौँमा पत्रपत्रिकामा काम गरिरहेका भण्डारी आफ्नै गृहजिल्ला डडेल्धुरामा पत्रिका प्रकाशन गर्ने सोच राखेर डडेल्धुरा फर्किका थिए।

वि.सं. २०४५ मा तत्कालीन सगरमाथा संवाद समितिबाट नियुक्ति लिई पत्रकारितामा प्रवेश गरेका उनले राससमार्फत डडेल्धुराबाट नियमित रिपोर्टिङ सुरु गरेका थिए।

सञ्चार प्रविधिको अभावका बीच उनले आकासवाणी सेवा प्रयोग गरी समाचार सम्प्रेषण गर्थे।

भण्डारीले सूचना अभावको समयमा पनि पत्रकारितालाई जीवित राख्न महत्वपूर्ण भूमिका खेलेका थिए।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.