अब मिडिया दर्ता र नवीकरण सीडीओ कार्यालयबाटै

dream cafe
learnar

डडेल्धुरा : सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित गरेको छ।

विभागले मंगलबार सूचना जारी गर्दै विभागबाट दर्ता र नवीकरणको कार्य रोकिएको जानकारी गराएको छ।

Amargadhi Education
अजयमेरु फाैजी केरा

सरकारले केही नेपाल ऐन संशोधनमार्फत गरेको छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २०४८ को व्यवस्थाअनुसार अब जिल्ला प्रशासन कार्यालयबाट अनलाइन दर्ता हुने व्यवस्था छ। विभागले यो जनाएको छ।

विभागले यसअघि अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ बमोजिम हुँदै आएको अनलाइन सञ्चारमाध्यम (अनलाइन पत्रिका) दर्ता र नवीकरणको कार्य नयाँ कानुनी व्यवस्थासँग मिलाउन आवश्यक भएको भन्दै अहिलेलाई स्थगित गरिएको जनाएको छ।

सूचनामा भनिएको छ, ‘उपर्युक्त सन्दर्भमा राजपत्रमा प्रकाशित सूचनाका आधारमा यस विभागबाट अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ बमोजिम हुँदै आएको अनलाइन सञ्चारमाध्यम (अनलाइन पत्रिका) दर्ता र नवीकरणको कार्य स्थगन गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ।’

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.