कञ्चनपुरको कृष्णपुरमा अवैध चित्तल पालन, वन कार्यालयले अनुसन्धान गर्ने

dream cafe
learnar

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले अवैधरूपमा चित्तल (जंगली जनावर) पाल्दै आएको आशंका गरिएको छ।

सो सम्बन्धमा डिभिजन वन कार्यालय कञ्चनपुरले छानबिन गर्न निर्देशन दिएको छ।

बोहरा मेडिको सेन्टर

शुक्रबार, डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरले वाणी सब-डिभिजन वन कार्यालयलाई पत्र पठाई कृष्णपुर नगरपालिकामा चित्तल पालन सम्बन्धी छानबिन गर्न निर्देशन दिएका हुन्।

GBL NEW

ठाकुरका अनुसार कृष्णपुर नगरपालिकाले चित्तलका लागि विशेष खोर निर्माण गरी २ वटा चित्तल राखेर पालन गरिरहेको सूचनाका आधारमा छानबिन थालिएको हो।

छानबिन गरी प्रतिवेदन पेस गर्न वाणी सब-डिभिजन कार्यालयका वरिष्ठ वन अधिकृत भरतप्रसाद शाहलाई जिम्मा दिइएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा १५ अनुसार, कुनै पनि व्यक्ति वा संस्थाले वन्यजन्तु संरक्षण, प्रवर्धन वा पालन गर्नुअघि सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने प्रावधान छ।

तर, कृष्णपुर नगरपालिकाले अनुमति लिएको वा नलिएको, चित्तल कहाँबाट ल्याइएको, के प्रयोजनका लागि पालन गरिएको हो, हालको अवस्था के छ ? भन्नेबारे यथार्थ विवरण संकलन गरी रायसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.