कैलालीमा चक्कु हानेर सेकुवा सेन्टरमै युवतीको हत्या

dream cafe
learnar

धनगढी: कैलालीको बर्दगोरिया गाउँपालिकामा सेकुवा सेन्टरमा कार्यरत एक १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या भएको छ।

बर्दगोरिया–३ की याचना सेजवाललाई सोही गाउँपालिका–१ स्थित राजधानी सेकुवा एण्ड मःम सेन्टरमा शनिबार बिहान करिब १० बजे काम गर्ने क्रममा बर्दगोरिया–१ का ३३ वर्षीय नृप साउदले चक्कु प्रहार गरेका हुन्।

बोहरा मेडिको सेन्टर
GBL NEW

गम्भीर घाइते भएकी सेजवाललाई तत्काल धनगढीस्थित निसर्ग अस्पताल पुर्याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मृतकको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लगिने तयारी भइरहेको छ।

घटनापछि फरार रहेका साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चक्कु प्रहार गर्नुको कारण खुल्न बाँकी छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.