एसईईमा उत्कृष्ट अंक ल्याउने डोटीका चार विद्यार्थीलाई छात्रवृत्ति

dream cafe
learnar

डोटी : बोक्टान फुड्सिल गाउँपालिका–१, काटैस्थित श्री कटकटेश्वर माध्यमिक विद्यालयका चार जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ।

विद्यालयका संस्थापक प्रधानाध्यापक उमाकान्त जोशीद्वारा स्थापना गरिएको ‘उमा पद्मा अक्षय कोष’ बाट कक्षा १० (एसईई) मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई छात्रवृत्ति दिइएको हो।

GBL NEW

अध्ययनमा प्रोत्साहन गर्न स्थापना गरिएको चार लाख रुपैयाँको उक्त अक्षय कोषबाट प्रदान हुने छात्रवृत्तिले विद्यालयमा अध्ययरत विद्यार्थीहरूको मनोबल उच्च बनाउने अपेक्षा गरिएको छ।

छात्रवृत्ति वितरण कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगका सदस्य तथा व्यवस्थापन संकायका पूर्व डिन प्राध्यापक पद्मकान्त जोशी प्रमुख अतिथि रहेका थिए।

सोही अवसरमा उनलाई विद्यालय परिवारद्वारा विशेष सम्मानसमेत गरिएको थियो।

प्राध्यापक जोशीले आफ्ना बुबा–आमाको ८४ वर्षको पूजा खर्चबाट बचत गरिएको रकम अक्षयकोषमा समर्पण गरेको जानकारी गराउँदै शिक्षा नै दीर्घकालीन परिवर्तनको आधार भएको बताए।

कार्यक्रममा विद्यालयमा लामो समयदेखि निरन्तर सेवा पुर्‍याउँदै आएका शिक्षक तीर्थराज जोशीलाई समेत विशेष सम्मान प्रदान गरिएको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.