बोहरा मेडिको सेन्टर

भागेश्वर गाउँपालिकामा कार्यरत कर्मचारीको निधन, बुधवार शोक विदा

dream cafe
learnar

डडेल्धुरा : भागेश्वर गाउँपालिकामा कार्यरत एक कर्मचारीको असामयिक निधनपछि गाउँपालिकाले बुधवार अर्थात् साउन १४ गते शोक विदा दिने निर्णय गरेको छ।

गाउँपालिकाको खानेपानी तथा सरसफाई शाखामा कार्यरत टेक्निसियन कृष्ण दत्त चटौतको उपचारका क्रममा साउन १३ गते निधन भएको हो।

CNA
Bohora ma 1

गाउँपालिकाले एक सूचना जारी गर्दै उनको निधनले सम्पूर्ण पालिका परिवारलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको जनाएको छ।

सूचनामा भनिएको छ, “एउटा कुशल र इमान्दार राष्ट्रसेवक कर्मचारीको दुःखद निधनले पालिकालाई अपूरणीय क्षति पुगेको छ। दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै गहिरो श्रद्धाञ्जली अर्पण गर्दछौं।”

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्टले हस्ताक्षर गरेको सूचनामा बुधवारका दिन पालिका कार्यालय, सबै वडा कार्यालयहरू र मातहतका स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक सेवाबाहेक सबै कामकाज बन्द रहने उल्लेख गरिएको छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.