रुपन्देही र सिन्धुपाल्चोकका सीडीओ गृह तानिए

dream cafe
learnar

डडेल्धुरा : गृह मन्त्रालयले दुई प्रमुख जिल्ला अधिकारी सहित चार सहसचिवको सरुवा गरेको छ।

HARDIK AGRo NEw

मन्त्रालय स्रोतका अनुसार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई मन्त्रालयमा तानेर मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख रहेका सहसचिव डा.टोकराज पाण्डेलाई रुपन्देहीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा पठाइएको छ।

Ird

यस्तै र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापालाई मन्त्रालयमा तानेर मन्त्रालयमा जगेडामा रहेका सहसचिव बन्धु बास्तोलालाई सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा पठाइएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.