Alisa pant

विभाजनको ‘डिल’मा माओवादी केन्द्र

learnar

काठमाडौं : नेतृत्व हस्तान्तरणको आन्तरिक कलहका कारण प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) विभाजनको ‘डिल’मा पुगेको छ ।

नेतृत्व फेरबदल बहसबाट सुरु आन्तरिक कलह ‘वाक युद्ध’ हुँदै एकैठाउँ अटाउन नसक्ने तहसम्म पुगेको माओवादीकै जिम्मेवार नेताहरूको दाबी छ ।

Ird

आन्तरिक समस्याका कारण नेताबीच बोलचालसमेत बन्द हुने अवस्था बनेका बेला सत्तारूढ कांग्रेस र एमाले नेताले समेत पार्टी फुटाउने नियतसाथ नेताहरूलाई उक्साइरहेको माओवादी नेताको दाबी छ ।

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’बीच बढ्दै गएको ‘टकराव’ विभाजननजिक पुगेको हो ।

Ghatal Sta

प्रचण्डले पार्टी नेतृत्व छोड्नुपर्ने र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने भन्दै शर्माले नेतृत्वमाथि निरन्तर ‘हमला’ गर्दै आएको बुझाइ पार्टी नेतृत्वको छ ।

यता, शर्माले नेतृत्व हस्तान्तरणको कुरा गर्दा पार्टी नै ‘छोडेर जा’ भन्दै जबर्जस्त धकेल्न खोजिएको बुझाइमा शर्मा छन् ।

प्रचण्ड र शर्माको पछिल्लो अभिव्यक्ति हेर्दा माओवादी विभाजनअघिको ‘वाक युद्ध’ चलेको जस्तो छ ।

माओवादी केन्द्रका अन्य नेताको अभिव्यक्ति पनि उस्तैउस्तै छ । कोही प्रचण्डको पक्षमा त कोही शर्माको पक्षमा बोल्दै एकअर्कालाई खुइल्याउने काममा लागेका छन् ।

राजधानी दैनिकबाट

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.