कञ्चनपुरमा माओवादीका विद्यार्थी नेताबीच कार्यालयमै कुटाकुट

dream cafe
learnar

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरस्थित नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमै विद्यार्थी संगठनका दुई नेताबीच कुटाकुट भएको छ।

आइतबार अखिल (क्रान्तिकारी) को बैठकका क्रममा भीमदत्त नगर कमिटी सदस्य भुवन सिंह विष्टले सुदूरपश्चिम प्रदेश इन्चार्ज रामचन्द्र भट्टमाथि मरणासन्न हुनेगरी कुटपिट गरेका हुन्। घटनामा दुवै घाइते भएका छन्।

अजयमेरु फाैजी केरा

गम्भीर घाइते भट्टलाई महाकाली प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको छ। उनको टाउको र निधारमा चोट लागेको छ।

विष्टको नाकमा चोट लागेको छ र उनलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराका अनुसार कुटपिटमा संलग्न एक जनालाई नियन्त्रणमा लिइएको छ र घटनाको विस्तृत अनुसन्धान जारी छ।

झगडाको कारण खुल्न नसके पनि अनुशासनहीनता देखिएको भन्दै माओवादी केन्द्र जिल्ला समन्वय समितिले भुवन सिंह विष्टलाई साधारण सदस्यबाट निष्कासन गरेको जनाएको छ।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.