बोहरा मेडिको सेन्टर

डडेल्धुराको भीमदत्तसहित १३ क्याम्पसलाई आङ्गिक बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिमका १३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजन गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराइएको छ।

एमाले सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्ट नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको हो।

CNA

समायोजनको माग गरिएका क्याम्पसहरूमध्ये डडेल्धुराको भीमदत्त बहुमुखी क्याम्पस पनि उल्लेख गरिएको छ।

Bohora ma 1

यी सबै क्याम्पसहरू अहिले त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालनमा छन्।

आर्थिक वर्ष २०८२/८३ भित्रै ती क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत समायोजन गर्न आग्रह गरिएको हो।

शिक्षा क्षेत्रलाई सबल बनाउँदै स्थानीयस्तरमै शैक्षिक पहुँच विस्तार गर्ने उद्देश्यसहित बुझाइएको ध्यानाकर्षण पत्रमा ‘सत्यसित नलड्ने र शक्तिसित नझुक्ने समाज निर्माणमा शिक्षाको योगदान’ महत्वपूर्ण रहेको उल्लेख गरिएको छ।

ध्यानाकर्षण गराइएको क्याम्पसहरूमा डडेल्धुराको भीमदत्तसहित बैतडीको पुर्चौडी क्याम्पस हाट, गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज (बैतडी), दार्चुलाको शङ्करपुर क्याम्पस पस्ती, कञ्चनपुरको भानु क्याम्पस दोधरा चाँदनी, कृष्ण वैजनाथ क्याम्पस झलारी, अछाम, डोटी, कैलाली र बझाङका अन्य क्याम्पसहरू परेका छन्।

भट्ट नेतृत्वको टोलीले ध्यानाकर्षण पत्र बुझाउँदै सुदूरपश्चिमको भौगोलिक विकटता र विकासको पछाडि परिरहेको अवस्थालाई औँल्याउँदै शिक्षामा थप लगानीको आवश्यकता औंल्याएको थियो।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.