कञ्चनपुरका विपिन विक्रमसहित २२ प्रहरी सम्पर्कविहीन, सातदिन भित्र हाजिर हुन निर्देशन

dream cafe
learnar

धनगढी :  नेपाल प्रहरीले आफूखुशी कार्यालयमा गैरहाजिर रहेक २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालयल सूचना जारी गर्दै गैरहाजिरी रहेका एकजना प्रहरी हवलदार, पाँच जना प्रहरी सहायक हवलदार र १६ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो।

बोहरा मेडिको सेन्टर
GBL NEW

उनीहरू आफूखुशी गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यदि तोकिएको समयसीमाभित्र स्पष्टीकरण नदिई हाजिर नभएमा प्रहरी नियमावली २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) अन्तर्गत कसुर मानेर नियम १०९ को उपनियम(ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही अगाडि बढाइने जनाइएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.