निर्मला पन्त हत्या प्रकरणको सात वर्ष : किन टुङ्गिएन अनुसन्धान ?

learnar

कञ्चनपुर : भीमदत्त नगरपालिका-२ स्थित उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष बितिसक्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन।

विसं २०७५ साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी बालिका पन्तको शव साउन ११ गते घरनजिकैको उखुबारीमा भेटिएको थियो। घटनापछि दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन देशभर आन्दोलनसमेत भयो।

Ird

सरकारले पनि घटनाको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिका साथै राष्ट्रिय मानवअधिकार आयोग र प्रहरीले विभिन्न छुट्टाछुट्टै छानबिन समिति गठन भए।

प्रहरीको सबैभन्दा बढी स्रोत साधनको खर्च यसै प्रकरणमा भए पनि हालसम्म प्रहरीले उपलब्धि हात पार्न सकेको छैन।

 किन टुङ्गिएन अनुसन्धान ?

कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षिया पन्त २०७५ साउन १० गते साथीको घरबाट आफ्नो घर फर्कँदै गरेको अवस्थामा बेपत्ता भएकी थिइन्।

खोजीको क्रममा उनको शव उखुबारीमा फेला परेको थियो। पोस्टमार्टममा उनको बलात्कार समेत भएको खुलेको थियो।

Ghatal Sta

घटनामा संलग्न रहेको आरोपमा स्थानीय दिलीप सिंह विष्ट पक्राउ परे।

सिंहको पक्राउलाई स्थानीयसँगै घटनालाई अतिरञ्जित गराउन सक्रिय समूहले ‘शक्तिशाली व्यक्तिलाई जोगाउन मानसिक अवस्था ठिक नभएका व्यक्तिलाई पक्राउ गरेर जोगाउन खोजेको’ भन्ने दाबी गर्दै आन्दोलन चर्काइयो।

दिलीपले घटना सकारेको भिडियो क्लिप सार्वजनिक हुँदा पनि आन्दोलन मत्थर भएन।

अनुसन्धानमा संलग्न प्रहरीहरू नै अनुसन्धानको दायरामा तानिए। केहीको जागिर गयो, केही निलम्बनमा परे।

दबाब बढेपछि डिएनए परीक्षणको चरणमा पुग्यो अनुसन्धान। अनि मृतकको शवबाट सङ्कलन गरिएको स्वाबमा देखिएको डिएनए र दिलीपको डिएनए नमिलेपछि उनी रिहा भए।

उनी दोहोर्याएर औपचारिक रूपमा अनुसन्धानको दायरामा आएका छैनन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराले अहिले पनि प्रहरीले निर्मला पन्तको घटना प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको दाबी गरे।

‘अनुसन्धानका क्रममा अहिलेसम्म एक सय २४ जनाको डिएन परीक्षण भएको छ भने छ सय ५५ जनालाई कार्यालयमा बोलाएर सोधपुछ भइसकेको छ’, उनले भने,’सिआइबीबाट १० टोलीले अनुसन्धान गरिसकेको छ अहिले पनि सिआइबी र प्रहरीले अनुसन्धान जारी राखेको छ।’

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.