महिनौँदेखि नेतृत्वविहीन जोगबुडा प्रशासन, सीडीओ भन्छन् : मन्त्रालयमा रिक्वेस्ट गरिराखेका छाैं

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको जोगबुडा स्थित इलाका प्रशासन कार्यालय महिनौँदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएपछि स्थानीयवासीहरू आधारभूत सरकारी सेवा नपाएर हैरान छन्।

नागरिकता सिफारिस, राहदानी सिफारिस, जग्गासम्बन्धी कागजात प्रमाणिकरण जस्ता अत्यावश्यक सेवा अवरुद्ध हुँदा सेवा लिन जिल्ला सदरमुकाम धाउन बाध्य भएका छन्।

GBL NEW

हाल कार्यालयमा सीमित कर्मचारी मात्र कार्यरत छन्।

ती कर्मचारीले राष्ट्रिय परिचयपत्र वितरण र सामान्य पत्राचारबाहेक अन्य सेवा दिन नसक्ने बताएका छन्।

कार्यालय सञ्चालनका लागि असार २२ गते एक महिनाको काजमा खटाइएका नायब सुब्बा राम बाबू बराल समेत हालसम्म कार्यस्थलमा नपुगेपछि समस्या झन् चर्किएको छ।

आर्थिक वर्षको सुरुआतसँगै सामाजिक सुरक्षा भत्ता नवीकरण, अपाङ्गता तथा जेष्ठ नागरिक परिचयपत्र अद्यावधिक जस्ता सेवाहरू प्रभावित भएका छन्।

सेवा लिन आएका नागरिक प्रशासन कार्यालयको ढोका समाएर दिनदिनै रित्तो हात फर्किरहेका छन्।

परशुराम नगरपालिका–१२ का वडाध्यक्ष महावीर कामी भन्छन्, ‘प्रमुख प्रशासकीय अधिकृत नहुँदा नागरिकताको सिफारिस रोकिएको छ। आपतकालीन अवस्थामा मात्रै सदरमुकामबाट सिफारिस गर्ने गरिएको भए पनि धेरैको काम अलपत्र परेको छ।’

जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम भन्छन्, ‘मन्त्रालयमा रिक्वेस्ट गरिराखेका छौं। मन्त्रालयले केही दिनमा पठाउँछौँ एकजना अधिकृत भनिराख्या छ। दिनहुँ सम्पर्क गरिराख्या छौँ। त्यहाँ समस्या भयो, टाढा भयो। हामीकहाँ आइपुग्न पनि धेरै टाढा छ। त्यहाँ सेवा प्रवाहमा समस्या भयो भनेर मैले दिनहुँ भनिराख्या छु। अब केही दिनमा पठाउँछौँ भन्ने कुरा आइराख्या छ मन्त्रालयबाट।’

उनले थपे, ‘प्रशासनमा मान्छे नै छैनन्। एकजना अधिकृत पठाउने भनेका थियौँ, उहाँको सरुवा भएर गइहालिन् (द्वारिका जी)। अब एउटा अफिसरले यहीँ गर्नुपर्छ। यताका सेवाग्राहीलाई फर्काउने मिल्दैन।’

Ddl dental
Leave A Reply

Your email address will not be published.