पत्रकार सम्मेलनमा केके बोलिन् विद्या ? [पूर्णपाठ]

learnar

डडेल्धुरा : एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटी बैठकबाट निर्णय गराएर सदस्यता नवीकरणमा प्रतिबन्ध लगाएपछि पूर्वराष्ट्रपति विद्या भण्डारीले आज दिउँसो पत्रकार सम्मेलन गरिन्।

एमालेको पूर्वउपाध्यक्षको रुपमा पत्रकार सम्मेलन गरेकी भण्डारीले संविधान र कानुनले आफूलाई राजनीतिक दलमा आबद्ध हुन कतैबाट नरोकेको जिकिर गरिन्।

Ird

‘नेपालको संविधानले आस्थाको अधिकार र राजनीतिक दलमा आबद्ध हुने अधिकारलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ।

संविधानका विभिन्न धारा, मर्म र भावना कहीँ कतैबाट पनि म दलमा आबद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन ।

यो घामजत्तिकै छर्लंग भएको विषय हो,’ पत्रकार सम्मेलनमा भण्डारीले भनिन्।

Ghatal Sta

आफ्नो सदस्यता नवीकरण नगर्ने एमाले नेतृत्वको निर्णयलाई चुनौति दिँदै उनले उक्त निर्णय अपरिपक्व र अवैध रहेको बताइन्।

राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेकाले कुनै पदप्रति आफूमा लालसा, महत्वाकाङ्क्षा र आशक्ति नरहेको उनको भनाइ छ।

आफूविरुद्ध भएको निर्णय आवेग र उत्तेजनाका भरमा गरिएको भण्डारीको ठहर छ।

हेर्नुस् भण्डारीकाे वक्तव्यकाे पूर्णपाठ :

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.