डोटीबाट बडीमालिकाका लागि सरकारी पूजा टोली प्रस्थान

dream cafe
learnar

डोटी : सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिकाका लागि डोटीबाट सरकारी पूजा सामग्रीसहितको टोली शुक्रबार प्रस्थान गरेको छ।

राणा कालदेखिको परम्परा अनुसार हरेक वर्ष जनै पूर्णिमाको अघिल्लो दिन (चतुर्दशी) बडीमालिकामा विशेष पूजा आयोजना गरिन्छ, जसका लागि डोटीबाट सरकारी ‘पेटारो’ (पूजा सामग्री) पठाइन्छ।

बोहरा मेडिको सेन्टर

यस वर्षको पेटारो टोलीको नेतृत्व आदर्श गाउँपालिकाका अहेव मकरबहादुर खड्का र सायल गाउँपालिकाका कार्यालय सहायक खगि थापाले गरेका छन्।

टोली १५ दिनको पैदल यात्रा गर्दै बडीमालिका पुग्नेछ।

GBL NEW

प्रस्थानअघि प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय डोटीमा विशेष पूजा सम्पन्न गरिएको थियो।

त्यसपछि प्रसिद्ध शैलेश्वरी मन्दिर र स्थानीय मालिका मन्दिरमा पूजाआजा गरि टोली बडीमालिकाका लागि निस्किएको हो।

पेटारो टोली पहिलो दिन पूर्वीचौकी गाउँपालिका–१ फुलौट, दोस्रो दिन सोही पालिकाको वडा नम्बर ५ धानुकाँडा, तेस्रो दिन अछामको मार्कु हुँदै वैद्यनाथ र अन्य धार्मिक स्थलबाट पैदल यात्रामा अघि बढ्नेछ।

पूजा सामग्रीमा दिपायलको भुरुरी (धानको पात), वैद्यनाथको अक्षता लगायतका वस्तु समावेश गरिएको छ।

पेटारोको प्रस्थानका क्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टुकडीले सम्मानस्वरूप सलामी अर्पण गरेका थिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.