पालिकाको वस्तुस्थिति र जनताको समस्या बुझ्न अनुगमन गरियो : अध्यक्ष बिष्ट

dream cafe
learnar

डडेल्धुरा : नेकपा एकिकृत समाजवादी डडेल्धुरा कमिटी अध्यक्ष कविन्द्र बिष्टले पालिकाको भौतिक विकास, सामाजिक विकास लगायत पालिकाबासीका समस्या र अभावका बारे बुझ्न जनतासंग भेटघाट तथा स्थलगत अनुगमन गरेका छन्।

नवदुर्गा गाउँपालिका डडेल्धुराका निर्वतमान अध्यक्ष समेत रहेका बिष्टले फागुन ६ देखी १० गते सम्म पालिकाका सम्पुर्ण वडा तथा बस्तिमा पुगेर पालिकाबासीको समस्या र स्थानीय सरकारले गरेका कामहरुको बारेमा जानकारी लिएको बताएका छन्।

Ird

अध्यक्ष बिष्टले सामाजिक संजाल (आफ्नो फेसबुक) मार्फत अनुगमन पश्चातको सुझाव तथा दृष्टिकोण सार्वजनिक गरेका छन्।

उनले लेखेका छन्,‘निवर्तमान अध्यक्षको नाताले यही फागुन ६ देखी १० गते सम्म गरेको पालिका स्तरीय भ्रमण तथा अनुगमनका क्रममा नवदुर्गाबासी आमाबुवा, दाजुभाइ तथा दिदी बहिनिहरुको माया र सदभाव प्रति हृदयको गहिराईबाट हार्दिक नमन।

यस्तै माया र स्नेह सधै पाई रहने छु भन्ने आशामा छु। भ्रमणका क्रममा पालिकाबासीसंग प्रत्यक्ष रुपमा भेटघाट र छलफल गर्ने अवसर पाइयो। उहाँहरुका समस्या र अभावका बारेमा नजिकबाट बुझ्ने अवसर मिल्यो।’

HARDIK AGRo NEw

उनले आफ्नो कार्यकालमा सुरुवात गरेका केही महत्वपुर्ण योजनाहरु सम्पन्न नभएकोप्रति चिन्ता व्यक्त गर्दै लेखेका छन्, ‘मेरो नेतृत्वको सरकारले सुरुवात गरेको १५ सैयाको अस्पताल र कैलपाल आधारभुत विद्यालय वार्ड न ४ को ८ कोठे भवनको काम सन्तोषजनक रुपले कार्य प्रगती भएको पाइएन। निर्माण कार्य यथासिघ्र अगाडी बढाउनका लागि सामाजिक सन्जाल मार्फत नवदुर्गा सरकार लाई हार्दिक अनुरोध गर्दछु। साथै गापाको प्रशासकीय भवनको पनि बाकी काम सम्पन्न गरेर हस्तान्तरण कार्य अगाडी बढाउन अनुरोध गर्दछु।’

अझै कतिपय स्थानहरूमा बिद्युत विस्तार गर्न बाकी रहेको छ, यसप्रति पनि स्थानिय सरकारले चासो दिनु जरुरी देखिएको छ। यहि मेरो टिम र पार्टीको तर्फबाट सुझाव र शुभकामना दिन चाहन्छु।

नवदुर्गाबासीको हरेक समस्यामा म व्यत्तिगत र राजनितिक तवरबाट जनताको सेवामा काम गर्न तत्पर नै रहेको छु।

उनले वर्तमान नेतृत्वलाई संकेत गर्दै लेखेका छन्, ‘नवदुर्गा सरकारले गरेका राम्रा कामहरुमा मेरो साथ रहने छ। पालिकाबासीको समस्यामा मेरो सहयोग रहिरहने छ।

बिष्टले आफ्नो पाँच बर्षको कार्यकालमा सम्पन्न तथा निमार्णधिन योजनाको अवस्था तथा अहिले नवदुर्गा गाउँपालिकाले सञ्चालन गरिरहेका योजनाहरुको अनुगमन गरिहेको बताए।

‘पाँच बर्षमा बनाएका योजनको अवस्था तथा अहिले सञ्चालित योजनाहरु अनुगमन गरिरहेका छौं, समस्या देखिए उपभोक्ताहरु र नवदुर्गा सरकारलाई समेत हामी सचेत गराउछौँ, उनले भने, ‘पाँच वटै वडाका योजना त्यो समयमा निमार्ण भएका मलाई थाहा छन् त्यही अनुसार अनुगमन गरिएको छु।’

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.