दार्चुला अस्पतालकी अनमी बबिता विष्टलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार

dream cafe
learnar

डडेल्धुरा : दार्चुला अस्पतालमा कार्यरत सिनियर अनमी बबिता विष्टलाई यस वर्षको उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ।

स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र स्वास्थ्य सचिव डा रोसन पोखरेलले विष्टलाई एकलाख नगद पुरस्कार सहित उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेका हुन्।

Amargadhi Education

बबिता सिनियर अनमी छैटौ तहमा कार्यरत छन्। त्यसै गरि सोही अवसरमा ४ जना स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ।

अजयमेरु फाैजी केरा

५० हजार नगद रासी सहितको स्वास्थ्य सेवा पुरस्कार पाउनेहरुमा कालिकोटका सिनियर अहेव दीर्घबहादुर नेपाली, बाराकी सिनियर अनमी किरण कुमारी, सुर्खेतका डा केशरबहादुर ढकाल र फार्मेसी निरीक्षक शुष्मा थपलिया रहेका छन्।

पुरस्कृत सबै स्वास्थ्यकर्मीलाई मन्त्री बस्नेत र सचिव डा पोखरेलले नगद सहित प्रमाणपत्र प्रदान गरेका थिए।

हरेक वर्ष स्वास्थ्य मन्त्रालयले एक जना स्वास्थ्यकर्मीलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार र चार जनालाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गर्दै आइरहेको छ।

पुरस्कृत स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य मन्त्री बस्नेतले धन्यवाद दिदै भविश्यमा पनि जनताको स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारलाई व्यवहारमा उतार्न लाग्नु पर्ने बताए।

स्वास्थ्य सेवा दिवसमा अवसरमा स्वास्थ्य मन्त्रालय परिसरमा अंगदान सिविरका साथ रक्तदान लगायतका कार्यक्रम सञ्चालन गरिएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.