बोहरा मेडिको सेन्टर

बित्तीय साक्षरता कार्यक्रम

dream cafe
learnar

डडेल्धुरा । ग्लोवल आई एम ई बैंक डडेल्धुरा शाखाले बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सोमबार बैंकले डडेलधुरा जिल्ला सदरमुकाममा संचारकर्मीहरु संग बित्तीय साक्षरता संम्बन्धि कार्यक्रम सम्पन्न गरेको हो ।

GBL NEW

CNA

विश्व प्रविधिको क्षेत्रमा दिनानुदिन अगाडी बढ्दै गरेको अवस्थामा बैंक क्षेत्रमा पनि प्रविधि मार्फत कारोबार बढेकाले बित्तीय सचेतनाको कार्यक्रम संचालन गरिएको हो । सेवाग्राहीहरुलाई बैंकिङ सेवा र नयाँ प्रविधिको बारेमा जानकारी हुनु आवश्यक रहेको ग्लोवल आई एम ई बैंक डडेल्धुरा शाखाका प्रबन्धक प्रकाश भट्टले बताउनुभयो । बैंकका विभिन्न सेवाग्राही मध्ये संचारकर्मीलाई छनौट गरि बित्तीय सचेतना अभिबृद्धिको कार्यक्रम गरिएको प्रबन्धक भट्टले बताउनुभयो । कार्यक्रम शाखाका अप्रेसन प्रमुख रोशन चटौतले वित्तीय साक्षरताको बारेमा जानकारी प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य उत्तर बिष्ट, नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखा अध्यक्ष हिक्मत बहादुर सिंह, प्रेस सेन्टर नेपाल सुदुरपश्चिम प्रदेश अध्यक्ष भुवन बोहरा, प्रेस युनियन डडेल्धुरा अध्यक्ष धन बहादुर भण्डारी लगायत छापा तथा विद्युतिय संचार माध्यममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो ।

Ddl dental
Leave A Reply

Your email address will not be published.