

डडेल्धुरा : नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण रोकिएको जनाएको छ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, पोलिटब्युरो बैठकमा ६८ सदस्यले भण्डारीको राजनीतिक सक्रियताबारे छलफल गर्दा, पार्टी विधानको धारा ८ र ९ अनुसार उनको सदस्यता नवीकरण रोक्नुपर्ने निष्कर्ष आएको हो।


विधानको धारा ८ को उपधारा ६ अनुसार पार्टी सदस्यता समाप्ति र पुनःप्राप्ति कार्यकारी वा पार्टीको स्वविवेकमा निर्भर हुन्छ भने, धारा ९ को उपधारा ३ ले विशेष काममा खटिएका सदस्यको सदस्यता कायम रहने व्यवस्था गरेको छ।
तर भण्डारीले राजकीय उच्च पदमा रहँदा सक्रिय राजनीतिमा आउनु उपयुक्त नठानेर थप छलफल भइरहेको गौतमले बताए।
हेर्नुस् विधान



