अछामका डीएसपी भण्डारीको बिदाइ, रानीपोखरी सरुवा

dream cafe
learnar

अछाम : जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) ईश्वरी प्रसाद भण्डारीको बिदाइ गरिएको छ।

प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार असार ३२ गते उनलाई काज सरुवा गरिएको थियो, र सोही अनुसार शुक्रबार अछामबाट औपचारिक रूपमा बिदाइ गरियो।

Amargadhi Education

बिदाइ कार्यक्रममा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूले मायाको चिनो प्रदान गर्दै डीएसपी भण्डारीलाई नयाँ कार्यक्षेत्रमा सफल कार्यकालका साथै व्यक्तिगत र व्यवसायिक जीवनमा समृद्धिको शुभकामना व्यक्त गरे।

अजयमेरु फाैजी केरा

डीएसपी भण्डारीको सरुवा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा भएको हो।

उनले गत वर्षको असार महिनामा अछामको प्रहरी नेतृत्व सम्हालेका थिए।

बिदाइको अवसरमा उनले एक वर्षे कार्यकालको प्रगति विवरण पनि सार्वजनिक गरे।

अब अछामको जिल्ला प्रहरी कार्यालयको जिम्मेवारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले सम्हाल्ने भएका छन्।

हाल उनी जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.