डडेल्धुरामा मह उत्पादन १५ प्रतिशतले बढ्यो

dream cafe
learnar

हिक्मत सिंह
डडेल्धुरा । सुदुरपश्चिम प्रदेशको मह उत्पादनका लागि नमुना जिल्लाका रुपमा रहेको डडेल्धुरामा यो वर्ष भने मह उत्पादनमा १५ प्रतिशतले वृद्धि भएको छ।

मह काड्ने समयमा मौसम अनुकुल रहेकाले मह उत्पादनमा वृद्धि आएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमख खेमराज पनेरुले बताए।

GBL NEW

मह काँड्ने समयमा मौरीमा रोग नलागेपछि यो वर्ष मह उत्पादनमा बढेको पनेरुले बताए।

मौरीमा एक किसिमको रोग देखापर्ने गरेको थियोे, जसका कारण मह उत्पादनमा कमी आउने गर्दथ्यो तर यो वर्ष हिउँदमा वर्षा नभएका कारण सो रोग लाग्न नपाएको पनेरुले बताए। उनका अनुसार, गत वर्षको भन्दा यो वर्ष १५ प्रतिशत मह उत्पादनमा वृद्धि आएको छ।

जिल्लामा मौरीघारको सख्या बढेसंगै मह उत्पादनमा पनि वृद्धि देखिएको पनेरुले बताए।

उनले भने ‘डडेल्धुरामा गत वर्ष ४० देखी ४५ मेट्रीकटन मह उत्पादन भएको थियो, यो वर्ष भने ५० मेट्रीकटन भन्दा बढी मह उत्पादन भएको तथ्याङ्क छ।’

मह उत्पादनमा वृद्धि आएपछि जिल्लाकै मह उत्पादनका लागि पकेट क्षेत्रका रुपमा रहेको आलिताल गाउँपालिकाका मौरी पालन किसान हर्षित भएको आलिताल गाँउपालिका –४ का वडा अध्यक्ष करन बोहराले बताए।

किसानहरुले मह बिक्रि गरेर नै घर खर्च देखी छोराछोरीको पढाई खर्च व्यहोर गर्ने गरेको आलितालका गाउँपालिका– ४ का मौरी व्यवसायी मनीराम गिरिले बताए।

यो वर्ष एक घारबाट चार देखी पाँच किलो मह निकाल्न सफल भएको मौरी व्यावसायी गिरीले बताए।

डडेल्धुराका बजारमा यो वर्ष करिव एक हजार दुई सय प्रतिकिलोमा मह बिक्रि भईरहेको छ भने गत वर्ष ९ सय ५० रुपैयाँमा बिक्रि भएको थियो। महको मुल्यमा वृद्धि भएपनि माग घटेको छैन।

Ddl dental
Leave A Reply

Your email address will not be published.