
कञ्चनपुर : जंगली च्याउ खाएर कञ्चनपुरको दोधाराचाँदनी नगरका एकै परिवारमा पाँचजना बिरामी भएका छन् ।

सोमबार भारतीय नङग्रा जंगलबाट ल्याएको विषालु च्याउकोे तरकारी खाएर दोधाराचाँदनी नगरपालिका–६ कालागड टोलका कालु सुनारका परिवारका पाँचजना बिरामी भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर सुनारले जंगली विशालु च्याउ तरकारीका रुपमा खाएर कालु सुनारसहित सुनारको नातिनीद्वय ८ वर्षीया मन्सु सुनार, १८ वर्षीया निशा सुनार, नातीद्वय १६ वर्षीय भीम सुनार अर्का नाति १२ वर्षीय बसन्त सुनार बिरामी भएकी हुन् ।
पाँचैजनाको दोधाराचाँदनी नगर अस्पतालमा उपचार भइरहेको छ । कञ्चनपुर प्रहरीले जथाभावी जंगली च्याउ उपभोग नगर्न आग्रह गरेको छ ।


