डडेल्धुरा अस्पतालमा छात्रवृत्ति करारमा आएका चिकित्सक तथा नर्सको स्वागत

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा अस्पतालमा छात्रवृत्ति करारमा आएका विभिन्न विशेषज्ञ चिकित्सक तथा नर्सहरूको आज एक कार्यक्रमबीच स्वागत गरिएको छ।

अस्पताल व्यवस्थापन समिति अध्यक्ष करुणाकर ओझा र निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर नरेन्द्र कुमार खनालको उपस्थितिमा नयाँ आएका स्वास्थ्यकर्मीहरूको स्वागत गरिएको हो।

GBL NEW

छात्रवृत्ति सेवाअन्तर्गत डडेल्धुरा अस्पतालमा आएका चिकित्सकहरूमा डाक्टर प्रचण्ड पौडेल (मेडिकल जनरलिस्ट), डाक्टर कमल कार्की (गाइनोकोलोजिस्ट), डाक्टर निभा शर्मा (गाइनोकोलोजिस्ट), डाक्टर विवश श्रेष्ठ (जनरल सर्जन), डाक्टर विवेक रेग्मी (साइक्याट्रिक), डाक्टर सन्तोष कुमार गोइत (प्याथोलोजिष्ट), डाक्टर पंकज ढुङ्गाना (एनेस्थेसिलोजिस्ट), डाक्टर अनिल कुमार रावत (अर्थोपेडिक सर्जन), डाक्टर अन्जन ध्वज लामा (अर्थोपेडिक सर्जन) रहेका छन्।

त्यस्तै, नर्सिङ अधिकृत नाओमी बुढा, स्टाफ नर्सहरू छायाँ चन्द र रजनी चन्द पनि छात्रवृत्ति करारमार्फत अस्पतालमा कार्यरत हुने भएका छन्।

स्वागत कार्यक्रममा अध्यक्ष ओझाले डडेल्धुरा अस्पतालमा विशेषज्ञ चिकित्सकको उपस्थिति हुनु उल्लेखनीय उपलब्धि भएको बताए।

उनले जनताको सहज र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न यस्ता स्वास्थ्यकर्मीहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।

अस्पतालका निमित्त मेसु खनालले स्वास्थ्यकर्मीको आगमनसँगै अस्पतालको सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरे।

Ddl dental
Leave A Reply

Your email address will not be published.