फलोअप : प्राविधिक भट्टमाथि घुस आरोप, वडाले नियत हेरेर कारबाही गर्ने

dream cafe
learnar

डडेल्धुरा : परशुराम नगरपालिका–७ का सहायक प्राविधिक महेश भट्टमाथि योजनाको उपभोक्ता समितिबाट घुस मागेको आरोप लागेपछि वडा नं. ७ ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

वडाले बिना मितिको एक विज्ञप्ति जारी गर्दै बड्डीमलास पिपल चौतारा निर्माणलगायतका योजनामा उपभोक्ता समिति पदाधिकारीहरूसँग आर्थिक लेनदेन र बार्गेनिङ गरेको आरोप सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएपछि ध्यानाकर्षण भएको उल्लेख गरेको हो।

Arthik

वडाध्यक्ष कर्णबहादुर धामीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जालमार्फत आरोपबारे जानकारी प्राप्त भएपछि नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई तत्काल जानकारी गराइएको छ।’

विज्ञप्तिअनुसार वडा समितिले सहायक प्राविधिक भट्ट र उपभोक्ता समितिका पदाधिकारीलाई लिखित रूपमा स्पष्टीकरण सोधिसकेको छ।

खाद्य

विज्ञप्तिमा स्पष्ट रूपमा उल्लेख गरिएको छ, ‘यदि कर्मचारीले नियमतः काम नगरी बार्गेनिङ तथा आर्थिक लेनदेन गरेको प्रमाणित भएमा सम्बन्धित कर्मचारीमाथि कारबाही गरिनेछ।’

तर यदि गलत नियतसहित झुटा आरोप लगाइएको प्रमाणित भएमा उपभोक्ता समितिका पदाधिकारीमाथि पनि आवश्यक छानबिन गरी कानुनी प्रक्रिया अघि बढाइने वडाले चेतावनी दिएको छ।

वडाले विधिको शासन र जवाफदेही प्रशासनको अभ्यासका लागि यस्ता घटनालाई गम्भीरताका साथ लिएर निष्पक्ष छानबिन गरिने जनाएको छ।

सरोकारवालासमक्ष सत्य तथ्य स्थापित गर्न लिखित प्रक्रिया अगाडि बढाइएको जानकारी पनि वडाले दिएको छ।

र, यो पनि :

परशुराममा प्राविधिक भट्टमाथि घुस आरोप, भट्ट भन्छन् : ऋण दिएको पैसा हो

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.