रौतहट बमकाण्डका जीवित साक्षी गौरीशंकरको सुरक्षामा ध्यान पुर्‍याउन इन्सेकको माग

dream cafe
learnar

डडेल्धुरा : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले रौतहट बमकाण्डका जीवित साक्षी गौरीशंकर रामको सुरक्षाप्रति गम्भीर चासो व्यक्त गर्दै उनको सुरक्षाको माग गरेको छ।

इन्सेक अध्यक्ष डा. कुन्दन अर्यालद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत २०८२ असार २५ गते इन्सेकले रामको भौतिक सुरक्षा सुनिश्चिति गर्न सरकारलाई आग्रह गरेको हो।

Amargadhi Education

विसं २०६४ साल चैत २७ गते रौतहटको राजपुरस्थित तत्कालीन सांसद मोहम्मद अफताव आलमका काका शेख इद्रिशको घरमा भएको बम विष्फोटमा राम गम्भीर घाइते भएका थिए।

सो घटनामा दुई जनाको मृत्यु हुनुका साथै २० भन्दा बढी व्यक्ति घाइते भएका थिए।

घाइतेमध्ये त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित केहीलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरिएको आरोप आलममाथि लागेको थियो।

अजयमेरु फाैजी केरा

२०७६ असोज १९ गते आलम पक्राउ परेका थिए भने जिल्ला अदालत रौतहटले २०८१ वैशाख १३ गते उनलाई जन्मकैदको फैसला सुनाएको थियो।

सो फैसलामा गौरीशंकर रामको बयान र स्वास्थ्य प्रतिवेदन महत्वपूर्ण प्रमाणका रूपमा प्रस्तुत गरिएको थियो।

अदालतले रामको सुरक्षामा खतरा देखिएको उल्लेख गर्दै सुरक्षा व्यवस्था मिलाउन सरकारलाई आदेश पनि दिएको थियो।

तर, २०८२ जेठ १४ गते जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासले जिल्ला अदालतको फैसला उल्ट्याउँदै आलमसहितका आरोपितलाई सफाइ दिएको थियो।

त्यसयता आफूमाथि थप सुरक्षा खतरा बढेको भन्दै राम हाल काठमाडौँमा आश्रय लिएर बसेका छन्।

इन्सेकले सार्वजनिक रूपमा सरकारसँग रामको सुरक्षा प्रबन्ध तत्काल गर्न माग गर्दै, संवेदनशील साक्षीहरूको सुरक्षामा गम्भीर ध्यान दिन आग्रह गरेको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.