सशस्त्र प्रहरीले गर्‍यो साँदनी खोलामा फसेका दुई महिलाको उद्दार

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका–७ स्थित साँदनी खोलामा फसेका दुई महिलाको आज सशस्त्र प्रहरीले सफल उद्दार गरेको छ।

बुधबार दिउँसो करिब १२ बजे तिरको समय अत्यधिक वर्षाका कारण खोलामा एक्कासी बाढी आउँदा १२ वर्षीया रितु भारती र २५ वर्षीया भुवनेश्वरी सिंह खोलाको बीच भागमा अड्किएका थिए।

GBL NEW

गाईबाख्रा चराउन गएका बेला उनीहरू खोलाको बीच भागमै बाढीले घेरेर फसेका थिए।

घटनाको जानकारी पाउँदै सशस्त्र प्रहरी बल नेपाल नं. ५२ गुल्म डडेल्धुराले तत्काल उद्दार टोली परिचालन गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक साजेन्द्र श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार बीओपी तातापानीबाट सशस्त्र प्रहरी नायब निरीक्षक दीपक खड्काको कमाण्डमा ७ जनाको टोली र बीओपी साँदनीबाट सशस्त्र प्रहरी नायब निरीक्षक चेतन रास्कोटीको नेतृत्वमा ५ जनाको टोली (जसमध्ये ४ जना विपद् व्यवस्थापन तालिमप्राप्त) खटिएको थियो।

१२ जनाको समन्वित टोलीले जोखिम मोलेर सुरक्षितरूपमा दुवै महिलाको उद्दार गरेको हो। उद्दारमा नेपाल प्रहरीको पनि सहभागीता थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.