सांसद जोशीको आयोजनामा उणिकोटमा तीनदिने निःशुल्क पशु स्वास्थ्य शिविर  हुने

dream cafe
learnar

डडेल्धुरा : आलिताल गाउँपालिका–२, उणिकोटमा सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशीको   सचिवालयको आयोजनामा  निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।

आलिताल गाउँपालिका-२ नम्बर वडा, माननीय खगराज भट्टको सचिवालयको सहयोग र माननीय ताराप्रसाद जोशीको आयोजनामा उक्त शिविर सञ्चालन हुन लागेको हो।

GBL NEW

असार २७ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने उक्त शिविरमा स्थानीय पशुपालकहरूले आफ्ना गाई, भैंसी, बाख्रा, गोरुलगायतका पशुपन्छीको उपचार तथा स्वास्थ्य परामर्श सेवा प्राप्त गर्न सक्नेछन्।

वडा अध्यक्ष प्रमोद बहादुर मल्लका अनुसार पशुहरूमा देखिने सामान्य समस्या, रोगको पहिचान, उपचार र आवश्यक खोपसम्बन्धी सेवा शिविरमा उपलब्ध हुने छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.