धान दिवसमा डोटीका तीन कृषक सम्मानित, तीन पुरस्कृत

Jaladhar

डोटी : २२औँ राष्ट्रिय धान दिवसको अवसरमा डोटीमा धान दिवसको अवसर डोटीका तीन जना कृषकहरू पुरस्कृत भएका छन्, तीन जना कृषकहरूले सम्मान पाएका छन् ।

कृषि ज्ञान केन्द्र डोटीले एक कार्यक्रमको आयोजना गरी दिपायल सिलगढी नगरपालिका–९ का कासी साउँद, आदर्श गाउँपालिका-१ का मुकुन्द अवस्थी र जोरायल गाउँपालिका-१ गैराका सूर्य प्रकाश भट्टलाई भीमदत्त उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत गरेको हो ।

पुरस्कृत हुने कृषकहरूलाई २५ हजार रुपैयाँ नगद, दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको ज्ञान केन्द्रका प्रमुख गंगादत्त अवस्थीले जानकारी दिए ।

Ghatal Sta

अवस्थीका अनुसार तीन जना कृषकहरूलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा दिपायल सिलगढी नगरपालिका-३ बाँफीकी नेहा माझी, दिपायल सिलगढी नगरपालिका–७ का जगतबहादुर विष्ट र दिपायल सिलगढी नगरपालिका-५ का जय बहादुर शाही रहेका छन् ।

उनीहरूलाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको अवस्थीले बताए ।

भीमदत्त उत्कृष्ट कृषक पुरस्कारबाट तीन जनालाई पुरस्कृत गर्ने व्यवस्था भए पनि कृषि क्षेत्रमा उत्कृष्टता प्रदर्शन गर्ने थप तीन जनालाई सम्मान गरिएको ज्ञान केन्द्र प्रमुख अवस्थी बताउँछन् ।

भीमदत्त उत्कृष्ट कृषक पुरस्कार सम्बन्धी प्रकाशित सूचना अनुसार कृषि ज्ञान केन्द्र डोटी र भेटेरिनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्रमा आवेदन पेस भएका किसानहरूलाई छनोट गरी सम्मान गरिएको भेटेरिनरी अस्पतालका प्रमुख चन्द्रकान्त पन्तले बताए ।

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.