
डडेल्धुरा : डडेल्धुरासहित सुदूरपश्चिमका विभिन्न जिल्लामा आइतबार बिहानदेखि निरन्तर भारी वर्षा भइरहेको छ।

प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा लगायतका वर्षाका कारण तराई क्षेत्रमा डुबान र पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको हो।
मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज पनि सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ।
साथै प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको उल्लेख छ।
