बोहरा मेडिको सेन्टर

असार दोस्रो सातासम्म डडेल्धुरामा ६० प्रतिशत रोपाइँ

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा जिल्लामा यो वर्ष असार दोस्रो सातासम्म करिब ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार कुल ६ हजार १२० हेक्टर क्षेत्रफलमध्ये अधिकांश क्षेत्रमा रोपाइँ सकिएको हो।

CNA

समयमै मनसुन प्रवेश र नियमित वर्षाका कारण रोपाइँको काम सहज रूपमा सम्पन्न भएको केन्द्रका प्रमुख नरेन्द्र पनेरुले जानकारी दिए।

GBL NEW

सिँचाइ सुविधा भएको जमिन मात्र नभई वर्षा भरपर्दो ठाउँहरूमा पनि रोपाइँ गर्न किसानलाई सजिलो भएको उनले बताए।

‘निरन्तरको वर्षा र समयमै बेर्ना राख्न पाउनु मुख्य कारण हो,’ पनेरुले भने, ‘यसले गर्दा अधिकांश क्षेत्रमा अहिले नै रोपाइँ सकिएको छ।’

जिल्लाको जोगबुडा, परशुराम, आलितालजस्ता भित्री मधेस क्षेत्रहरूमा धानखेतीको मुख्य क्षेत्र मानिन्छ।

यस्तै, भागेश्वर, नवदुर्गा, अजयमेरु, गन्यापधुराको सकायल, कोराल, असिग्राम तथा अमरगढीका केही भागहरूमा पनि वर्षे बालीका रूपमा धान रोप्ने गरिन्छ।

समयमै रोपाइँ भएकाले उत्पादन पनि बढ्ने अपेक्षा गरिएको छ। कृषि ज्ञान केन्द्रका अनुसार डडेल्धुरामा वार्षिक रूपमा करिब ६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.