जोरायलले ल्यायो ५६ करोड बढीको बजेट, प्राथमिकतामा कृषि, शिक्षा र स्वास्थ्य

learnar

डडेल्धुरा : डोटीको जोरायल गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५६ करोड ७० लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

मंगलबार गाउँपालिकाको २० औँ गाउँसभा अधिवेशनमा उपाध्यक्ष जमुना बोहराले आगामी वर्षको लागि बजेट प्रस्तुत गरेकी हुन्।

Ird

यसअघि वैशाख ७ गते अध्यक्ष दुर्गादत्त ओझाले सार्वजनिक गरेका नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न बजेट केन्द्रित गरिने उपाध्यक्ष बोहराले जानकारी दिइन्।

Ghatal Sta

उनका अनुसार बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, लघु उद्यम, पूर्वाधार र सामाजिक विकासका कार्यक्रमहरूलाई विशेष प्राथमिकता दिइएको छ।

शिक्षा क्षेत्रमा विद्यालय सुधार, पठनपाठनको गुणस्तर अभिवृद्धि, स्वास्थ्यतर्फ स्थानीय स्वास्थ्य संस्था सुदृढीकरण, सुरक्षित मातृत्व सेवा तथा सरसफाइ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने प्रस्ताव छ।

कृषिमा प्रविधिको प्रयोग, सिंचाइ सुविधा विस्तार, अनुदानमा मल बीउ वितरण, पशुपालन र व्यवसायिक खेतीलाई प्रवर्द्धन गर्ने योजना समेत समावेश गरिएको छ।

स्रोत साधनको अधिकतम उपयोग, पारदर्शी कार्यान्वयन, नागरिक सहभागिता र नियमित अनुगमनमा जोड दिइएको गाउँपालिकाले उल्लेख गरेको छ।

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.