नवदुर्गाले ल्यायो ४६ करोड ७६ लाखको बजेट

Jaladhar

डडेल्धुरा : नवदुर्गा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४६ करोड ७६ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

गाउँपालिकाको १८औं गाउँसभा अधिवेशनको दोस्रो बैठकमार्फत बजेट प्रस्तुत गरिएको हो।

Ghatal Sta

बजेट वडा नम्बर २ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता दिलबहादुर बिष्टले प्रस्तुत गरेका हुन्।

गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले बजेटमा स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, सिँचाइ, कृषि र पशुपालन जस्ता सेवा र उत्पादनमूलक क्षेत्रमा विशेष प्राथमिकता दिइएको जानकारी दिए।

“जनताको आधारभूत आवश्यकता पूरा गर्ने र गाउँपालिकाको समुन्नत विकासमा टेवा पु¥याउने उद्देश्यले बजेट तयार गरिएको हो,” अध्यक्ष अवस्थीले भने।

बजेटमार्फत स्थानिय पूर्वाधार सुदृढीकरण, नागरिक सेवा प्रवाह सुधार, सामाजिक न्याय र समावेशी विकासलाई बल दिइने बताइएको छ।

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.