यौन तथा प्रजनन स्वास्थ्य अधिकार प्रवर्द्धन गर्न जरुरी

dream cafe
learnar

धनगढी : युवाहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकार प्रवर्द्धनका लागी नागरीक समाजका सस्थाहरुसँग अन्तरक्रिया गरिएको छ।

विकासका लागि युवा ऐक्यवद्धता (यार्ड) कैलालीको आयोजनामा कैलालीस्थित सरोकारवाला संस्थाहरुको सहभागितामा शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

Ird

हियर राइट नाउ टू परियोजना अन्तरर्गत नेपालमा रहेका १५ देखि ३० वर्षका युवाहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको प्रवर्धन गर्ने उद्धेश्यले कैलाली जिल्लामा यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा काम गर्ने नागरिक समाजको बैठक आयोजना गरिएको हियर राइट नाउ टु परियोजनाका टिम लिडर महेन्द्र शाहीले बताए।

HARDIK AGRo NEw

टिम लिडर शाहीका अनुसार सुदूरपश्चिम प्रदेशमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न नागरिक समाज संस्थाहरुको बीचमा समन्वय साझेदारी अनुभव आदानप्रदान र यौन तथा प्रजनन स्वास्थ्यका मुद्दाहरुमा सरकारी निकायहरुसंग वहस र पैरवी गर्नका लागि नागरिक समाज संस्थाहरुको बीच लुज नेटवर्क गठन गरिएको जनाइएको छ।

सो नेटवर्कको टिओआर मस्यौदा माथि छलफल गरिएको शाहीले बताए।

उक्त फोरमको प्रत्येक २ महिनामा बैठक बस्ने, कार्यक्रमहरुमा सहकार्य र समन्वय स्थापना गर्ने, कुनै विद्यालय र समुदाय छनौट गरी मोडेल कार्यक्रम संचालन गर्ने, उक्त फोरममा मिडियाको पनि सहयोग र सहभागिता खोज्ने लगायतका विषयमा प्रतिवद्धता सहित निर्णय गरिएको बताइएको छ।

यौन तथा प्रजनन स्वास्थ्यको अधिकार सुनिश्चिता गर्न सबै सरकारवालाको चासो रहनु जरुरी रहको कार्यक्रमका सहभागीहरुको निष्कर्ष छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.