डडेल्धुरामा पहिलोपटक सुदूरपश्चिम स्तरीय कराँते प्रतियोगिता तथा दीक्षान्त समारोह

dream cafe
learnar

डडेल्धुरा : “स्वस्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ डडेल्धुरामा सम्पन्न प्रदेशस्तरीय सितोरियो कराँते प्रतियोगिता तथा दीक्षान्त समारोह भव्यताका साथ सम्पन्न भएको छ।

नेपाल सितोरियो कराँते संघ सुदूरपश्चिमको आयोजनामा र डडेल्धुरा शाखाको व्यवस्थापनमा सम्पन्न भएको सो कार्यक्रम असार ६ गतेदेखि ९ गतेसम्म सदरमुकामस्थित टुँडिखेल कभर्डहलमा सञ्चालन गरिएको थियो।

Amargadhi Education

कार्यक्रमको उद्घाटन अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीले गरेका थिए।

उद्घाटन सत्रमा उनले कराँते अनुशासन, आत्मविश्वास र नेतृत्व विकासको माध्यम भएको उल्लेख गर्दै नगरपालिकाले आगामी वर्ष खेलकुद पूर्वाधारमा बजेट छुट्याउने प्रतिबद्धता जनाएका थिए।

अजयमेरु फाैजी केरा

चारदिने कार्यक्रमको समापन सुदूरपश्चिम कराँते संघका अध्यक्ष यज्ञराज वैधको सभापतित्वमा तथा अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टको प्रमुख आतिथ्यमा सम्पन्न भयो।

समापन समारोहमा विभिन्न तहमा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीहरूलाई ‘डन प्रमोसन सर्टिफिकेट’ र प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतियोगितामा डडेल्धुराका लालसिंह ठगुन्ना प्रथम बनेका छन्। अन्य खेलाडीहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा डोटी, बैतडी, अछाम, कैलाली, कञ्चनपुरसहित सुदूरपश्चिमका ९ जिल्लाबाट करिब २०० प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो।

नेपाल सितोरियो कराँते संघ डडेल्धुराका प्रमुख ओमप्रकाश पन्त र कराँते संघ डडेल्धुराका अध्यक्ष डम्बर डाँगाले कराँतेमार्फत युवालाई अनुशासित, अनुशासित र स्वास्थ्यप्रति सजग बनाउन कार्यक्रम आयोजना गरिएको जानकारी गराएका थिए।

पूर्व वरिष्ठ प्रशिक्षक तुलसीकुमार महर्जन, विमल खडायतलगायत प्रशिक्षकहरूको उपस्थिति र प्राविधिक सहयोगले समारोहलाई थप सशक्त बनाएको थियो।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.