अजयमेरुको बालकल्याण नमूना माविमा शिक्षकसँग आमा समूहको सहकार्य

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिका-१ स्थित बालकल्याण नमूना माध्यमिक विद्यालय, पुइलेकमा शिक्षक र आमा समूहले सहकार्य गरिरहेका छन्।

बालबालिकालाई कुलतबाट जोगाउन शिक्षक र आमा समूहले सहकार्य गरिरहेका हुन्।

Bohora madico

विद्यालयका प्रधानाध्यापक धनबहादुर पार्कीका अनुसार  कुलतमा फसेको बच्चालाई शिक्षकले मात्रै सुधार्न सक्दैन, त्यसका लागि आमाको भूमिका महत्वपूर्ण हुन्छ।

विद्यालयमा हाल ३२ जना शिक्षक कार्यरत छन्। सबैको विचार फरक भए पनि सबैको भावना कदर गर्दै सहकार्यको वातावरण बनाइएको प्रअ पार्कीको भनाइ छ।

पार्कीले भने, ‘घरमा बच्चासँग आमाको बढी घुलमिल हुन्छ, त्यसैले आमाले बालबालिकाको व्यवहार चाँडै थाहा पाउँछिन्।’

HARDIK AGRo NEw

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर साउदले भने, ‘यदि कुनै विद्यार्थीमा अस्वाभाविक गतिविधि देखिएमा उसलाई सम्झाइ बुझाइ गरिन्छ र तत्काल अभिभावकलाई खबर गरिन्छ।’

विद्यालयस्तरीय बैठकहरू आमा समूहको संयोजकत्वमा सञ्चालन हुने गरेका छन्। विद्यालयमा आमाहरूको सहभागिता उल्लेखनीय रहेको छ।

पालिकाबाट प्राप्त सहयोगले विद्यालयको सक्रियता थप बढेको छ। हालै सम्पन्न अभिभावक भेला तथा वार्षिकोत्सव कार्यक्रममा आमा समूहको उल्लेखनीय उपस्थिति देखिएको थियो।

यसैबीच, अजयमेरु गाउँपालिकाले चालु आर्थिक वर्षमा सम्पन्न गरेका योजना तथा कार्यक्रमहरुको सहभागितात्मक अनुगमन मूल्यांकन टोलीले बालकल्याण नमूना माविमा पनि अवलोकन गरेको छ।

जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिँह भण्डारी, गाउँपालिकास्तरमा क्रियासिल राजनीतिक दलका प्रतिनिधीहरु, नागरिक समाजका अगुवाहरु, उपाध्यक्ष बसन्ती पाल नेतृत्वको गाउँपालिकास्तरीय अनुगमन समितिका पदाधिकारीहरु, प्रावधिक कर्मचारी, लाभग्राही बर्ग र जिल्लामा क्रियासिल सञ्चारकर्मीसमेतको सहभागितामा उक्त विद्यालयको अवलोकन गरेको हो।

अवलोकनका क्रममा विद्यार्थीको सिकाइ स्तर तथा भाैतिक अवस्थाको बारेमा अवलोकन गरिएको थियोे भने अवलोकन पश्चात् विद्यालयलाई सुझाव, सल्लाह प्रदान गरिएको थियोे।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.