लिफ्ट खानेपानी योजनाले अजयमेरुको हाटका १३ परिवार लाभान्वित

dream cafe
learnar

डडेल्धुरा : खानेपानीको समस्या झेल्दै आएका अजयमेरु गाउँपालिका-२  हाटका नागरिक  लिफ्ट खानेपानी योजनाले लाभान्वित भएका छन्।

१३ परिवार रहेको हाटमा पालिकाले  मल्लो हाट लिफ्ट खानेपानी योजना बनाएपछि उनीहरू लाभान्वित भएका छन्।

बोहरा मेडिको सेन्टर
GBL NEW

अजयमेरु गाउँपालिकाका उपाध्यक्ष बसन्ती पालका अनुसार पालिकाका तीनलाख र ९२ हजार जनश्रमदानबाट उक्त योजना बनेको हो।

हाटका स्थानीय नरेन्द्र ताम्राकारले मल्लो हाट लिफ्ट खानेपानीबाट आफूहरूलाई सहज भएको बताए।

उनका अनुुसार यो योजनाबाट १३ परिवार लाभान्वित भएका छन्।

उनले पहिले खोलाबाट पानी बोक्नु पर्ने बाध्यता रहेकोमा हाल त्यो बाध्यता हटेको बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.