डडेल्धुराको डकले बसपार्क शिलान्यास, १७ महिनामा बन्ने

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका-५ डकलेमा बन्ने बसपार्कको शिलान्यास गरिएको छ।

आज शनिबार एक कार्यक्रमकाबीच अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशीले बसपार्कको शिलान्यास गरेका हुन्।

Ird

संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीका सब इन्जिनियर डम्बर डाँगीले मालिका-कालिका-जेवि, जेभीले निर्माणकाे जिम्मा पाएकाे बताए।

उनकाअनुसार २०८१/०२/३२ मा सम्झौता गरिएको बसपार्क निर्माणका लागि १० करोड ३० लाख १६ हजार ९९० (बिना भ्याट) रुपैयाँ विनियोजन गरिएको छ।

१७ महिनामा निर्माण सम्पन्न गरिने उनले बताए। अमरगढी नगरपालिका-८का वडाध्यक्ष नरबहादुर साँकीले २०६७ सालमै डकलेमा बसपार्क निर्माणकाे थालनी गरिएको बताए।

२०६८ सालमा बसपार्क निर्माणका लागि संघर्ष समिति बनाएर आफू संयोजक बनेको समेत उनले स्मरण गरे।

लामो समयसम्म अड्किएर बसेकाे योजनाले निकास पाएकाे नगरप्रमुख जोशीले बताए।

HARDIK AGRo NEw

डडेल्धुरा सात पहाडी जिल्लाको केन्द्रमा रहेको कारण यो बसपार्क सुदूरपश्चिमकै गाैरबको योजना रहेको उनले जिकिर गरे।

डडेल्धुरा सदरमुकाम बागबजारको भीडभाड र पार्किङ समस्या समाधान गर्न यो बसपार्क निर्माणको थालनी गरिएको हो।

अमरगढी नगरपालिका–५ स्थित डकलेमा बसपार्क निर्माणको काम २०७३/०७४ सालमा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय डोटीबाट ६० लाख रुपैयाँ विनियोजन गरी सुरु गरिएको थियो।

ठेक्का सम्झौताका आधारमा जमिन सम्याउने र पर्खाल लगाउने काम गरिएको थियो, तर त्यसपछि बजेट अभावका कारण काम रोकियो।

अमरगढी नगरपालिकाले वन विकास कोषमा झन्डै १ करोड ११ लाख रुपैयाँ क्षतिपूर्ति रकम जम्मा गरेपछि रुख कटानी कार्य सुरु भएको थियोे।

हाल ४० रोपनी क्षेत्रफलमा बसपार्कसँगै शपिङ कम्प्लेक्स, टर्मिनल भवन, पार्किङ, टिकट काउन्टर, र शौचालय जस्ता संरचना निर्माण गर्ने योजना छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.