बोहरा मेडिको सेन्टर

सिटिजन्स बैंक अमरगढी शाखाद्वारा डडेल्धुरा अस्पताललाई वाटर डिस्पेन्सर प्रदान

dream cafe
learnar

डडेल्धुरा : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड अमरगढी शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत डडेल्धुरा अस्पताललाई तीनवटा वाटर डिस्पेन्सर प्रदान गरेको छ।

सोमबार एक कार्यक्रमका बीच अस्पताललाई डिस्पेन्सर हस्तान्तरण गरिएको हो।

CNA
GBL NEW

शाखा प्रबन्धक हेमराज जोशीका अनुसार, बैंकले स्वास्थ्य सेवा क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै बिरामीहरूलाई खानेपानीमा सहजता पुर्‍याउने उद्देश्यले वाटर डिस्पेन्सर प्रदान गरेको हो।

आगामी वर्षमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस्ता सहयोगात्मक क्रियाकलाप निरन्तर गरिने प्रबन्धक जोशीले बताए।

उक्त सहयोगप्रति अस्पताल विकास समिति डडेल्धुराका अध्यक्ष करुणाकर ओझाले धन्यवाद व्यक्त गर्दै अस्पतालमा आउने सेवाग्राहीहरूको पहुँचमा राखिने गरी डिस्पेन्सरहरू जडान गरिने जानकारी दिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.