बोहरा मेडिको सेन्टर

सुदूरपश्चिम सरकारले ल्यायो ३३ अर्ब ४७ करोड बढीको बजेट

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपियाँको अनुमानित बजेट सार्वजनिक गरिएको छ ।

आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आज प्रदेश सभामा सरकारको बजेट प्रस्तुत गरे।

CNA

कुल बजेटमध्ये प्रदेश सरकारले चालुतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार (३०.४९ प्रतिशत) र पुँजीगततर्फ १९ अर्ब ८३ करोड दुई लाख ६ हजार (५९.२५ प्रतिशत) बजेट विनियोजन गरेको छ ।

GBL NEW

यसैगरी, अन्तरवित्तीय हस्तान्तरतर्फ तीन अर्ब ४२ करोड ७७ लाख (१०.२४ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ एक करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरेको खर्च बेहोर्ने स्रोतहरुमा आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ६५ करोड रुपियाँ रहेको मन्त्री थापाले बताए।

यसैगरी, नेपाल सरकारबाट राजस्व बाँडफाँट भइ प्राप्त हुने अनुमानित रकम नौ अर्ब ८७ करोड २५ लाख, संघीय रोयल्टी बाँडफाँटबाट प्राप्त हुने रकम आठ करोड रुपियाँ रहेको जनाइएको छ ।

त्यस्तै, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान आठ अर्ब ९२ करोड ५६ लाख, प्रदेश सरकारको आर्थिक वर्ष २०८१–८२ को विनियोजनबाट बचत हुने अनुमानित सात अर्ब ६६ करोड ६३ लाख रुपियाँ खर्च बेहोर्ने स्रोत रहेको छ ।

यसैगरी, सशर्त अनुदानबाट प्राप्त हुने रकम चार अर्ब १६ करोड ३० लाख, संघीय समपूरक अनुदानबाट प्राप्त हुने रकम ६० करोड २६ लाख र विशेष अनुदानबाट प्राप्त हुने अनुदान रकम ५१ करोड ६० लाख रुपियाँ रहेको छ ।

Ddl dental
Bajaj
Leave A Reply

Your email address will not be published.