CAMBRIDGE PUBLIC SCHOOL

डडेल्धुरा जेसीजद्धारा वक्तृत्वकला प्रतियोगिता

डडेल्धुरा । आसन्न स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै स्थानिय निर्वाचनमा युवाहरुको भुमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । डडेल्धुरा जेसीज वर्ष २०२२ को आयोजनामा डडेल्धुरा बहुमुखी क्याम्पसका विद्यार्थीहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।


प्रतियोगितामा क्याम्पसका १० जना विद्यार्थीहरुले सहभागीता जनाउनु भएको थियो । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास संगै स्थानिय तहको निर्वाचनमा युवाहरुको सहभागिता बढाउने उद्धेश्यले वक्तृत्वकला प्रतियोगिता गरिएको डडेल्धुरा जेसीज वर्ष २०२२ का अध्यक्ष हिक्मत बहादुर सिंहले बताउनुभयो । जनप्रतिनिधिका ५ वर्ष र युवाहरुका लागी स्थानिय तहले खेलेको भुमिकाको संक्षेप सहित नयाँ नेतृत्व चयनमा युवाहरुले अपनाउनुपर्ने रणनिति र नेता चुन्नका लागी युवाको सक्रियता र भुमिकाका विषयमा सहभागीहरुले आ आफ्नो तर्क पेश गर्नुभयो । जनताको नेता छनौट गर्दा युवाहरु सचेत भएर हाम्रालाई भन्दा पनि राम्रालाई जिताउदा सबैको भलो हुने अधिकांश सहभागीहरुले तर्क पेश गर्नुभयो ।


प्रतियोगिता पश्चात स्थानिय तहमा युवा जनप्रतिनिधिको सहभागीतामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले सहभागीता बढ्ने डडेल्धुुरा जेसीजका महासचिव जगत ऐरले बताउनुभयो । महासचिव ऐरले भन्नुभयो, आसन्न निर्वाचनमा सहभागी हुने प्रतिनिधिहरु संग डडेलधुरा जेसीजले ककस कार्यक्रम संचालन गर्ने कार्य योजना बनाएको छ ।
प्रतियोगिताबाट डडेलधुरा बहुमूखी क्याम्पसका विद्यार्थी दुर्गादत्त भट्ट प्रथम, हेमा भट्ट द्धितिय, राजेन्द्र जोशी तृतिय हुनु भएको छ । यसैगरि पार्वति मल्ल, देवकी तमौलीले सान्त्वना स्थान प्राप्त गर्नु भएको थियो । विजेताहरुलाई प्रमाण पत्र तथा नगद पुरुस्कारको व्यवस्था गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.