डडेल्धुरामा कृषि आत्मनिर्भरता र बजेट समन्वयमा जोड

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा कृषि र पशुपालनसँग सम्बन्धित तीन सरकारी निकायको संयुक्त गोष्ठीमा स्थानीय तहबाट कृषि उत्पादनमा आत्मनिर्भर बन्ने तथा स्रोत साधनको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिइएको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र डडेल्धुरा तथा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको संयुक्त आयोजनामा आइतबार सम्पन्न ‘पकेट विकास कार्यक्रमको समीक्षा तथा प्रगति गोष्ठी’ मा बोल्ने अधिकांश  सहभागीले कृषि र पशुपालनमा लगानी र समन्वय आवश्यक रहेको बताएका थिए।

Amargadhi Education

जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले कृषि र पशुपालन क्षेत्रमा बजेट बृद्धिका लागि स्थानीय तहसँग समन्वय गर्ने प्रतिवद्धता जनाए।

पत्रकार महासंघका अध्यक्ष हिक्मतबहादुर सिंहले पालिकाहरूले कृषि बजेटलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।

पशुसेवा विज्ञ केन्द्रका प्रमुख देवराज भट्टले जिल्लाले मासु र दुध उत्पादनमा उल्लेखनीय प्रगति हासिल गरेको बताए पनि उद्योग वाणिज्य संघ डडेल्धुराका वरिष्ठ उपाध्यक्ष दिपक महताले अझै दुधमा पूर्ण आत्मनिर्भरता हासिल गर्न बाँकी रहेको औंल्याए।

अजयमेरु फाैजी केरा

कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुले सुन्तला फलफूल बजारीकरण, मौरी पालन, बगैँचा स्थापना,  किसानलाई बीउ तथा सामग्री वितरणजस्ता कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।

कार्यक्रममा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य उत्तर विष्टले जिल्लाबाट हुने तरकारी, फलफूल तथा मासुजन्य वस्तुहरूको आयात/निर्यात तथ्यांक व्यवस्थित गर्नुपर्नेमा जोड दिए।

गोष्ठीमा तीनवटै कार्यालयले आआफ्नो क्षेत्रगत समीक्षा प्रस्तुत गर्दै आलु सुपरजोन, भटमास जोन, सुन्तलाजात खेती, मौरीपालन, बगैँचा स्थापना, कृत्रिम गर्भाधान, घाँस वितरणलगायतका कार्यक्रमको प्रगति विवरण सार्वजनिक गरेका थिए।

डोटी र डडेल्धुरामा विभिन्न कृषि जोन सञ्चालनमा रहेको जानकारी दिँदै आलु सुपरजोनका प्रमुख पिताम्बर बस्नेतले डडेल्धुरामा १ हजार १२२ हेक्टरमा आलु र ६५० हेक्टरमा भटमास उत्पादन कार्यक्रम चलिरहेको जानकारी दिए।

यस अवसरमा अमरगढी नगरपालिका बाहेक ६ पालिकाका कृषि र पशु शाखाका पालिकास्तरीय प्रतिनिधिहरूले पनि आआफ्नो कामको बारेमा धारणा राखेका थिए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.