भागेश्वरका अध्यक्ष चटाैत अनुमतिविनै चाइना पुगेको खुलासा, अढाइ लाख खर्च

dream cafe
learnar

डडेल्धुरा: भागेश्वर गाउँपालिका अध्यक्ष हेमराज चटाैत अनुमतिविनै चीन (चाइना) गएको खुलासा भएको छ।

उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनुमति बिना चीन गएको खुलासा भएको हो।

Amargadhi Education

चीनमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी चीन पुगेका थिए।

अजयमेरु फाैजी केरा

चीनमा आयोजित “The First Belt & Road Chinese University & Overseas Partner Exchange Conference” मा भाग लिन अध्यक्ष चटाैत सहभागी थिए।

तर, उक्त भ्रमण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहमति बिना गरिएको देखिएको छ।

विदेशी भ्रमण गर्न स्थानीय तहका पदाधिकारीले मन्त्रालयको सहमति लिनुपर्ने कानुनी व्यवस्था भए पनि पालिकाले सो प्रक्रिया नअपनाई भ्रमण गराएको छ।

सो भ्रमणका लागि पालिकाबाट उनले दुईलाख ५७ हजार ५ सय ४१ रुपैयाँ खर्च गरिएको देखिएको छ।

मन्त्रालयको सहमति नलिइ भुक्तानी गरिएको खर्च नियमविपरीत रहेको र आगामी दिनमा यस्ता भ्रमणका लागि संघीय सहमति अनिवार्य रूपमा लिनु आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.