विलासिताको भाेगी अध्यक्ष हेमराज, पालिका छोडी सदरमुकाममा डेरा

dream cafe
learnar

डडेल्धुरा :  भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटाैतले नियमविपरीत घरभाडा लिएको खुलेको छ।

अध्यक्ष चटाैतले पालिका छोडेर जिल्ला सदरमुकाम अमरगढी नगरपालिकामा घर भाडामा लिएको खुलेको हो।

GBL NEW

महालेखा परीक्षकको प्रतिवेदन अनुसार अध्यक्षको नाममा ९ महिनाको अवधिका १ लाख २८ हजार ४ सय ६१ रुपैयाँघरभाडा भुक्तानी लिएका हुन्।

स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७५ को दफा २७(१) अनुसार गाउँपालिका अध्यक्ष र अन्य पदाधिकारीलाई सुविधा दिन सकिन्छ भन्ने व्यवस्था गरिएको छ।

तर उक्त ऐनको अनुसूची १(क) मा घरभाडा सुविधा दिने स्पष्ट व्यवस्था छैन।

त्यसैबीच, गाउँपालिका अध्यक्षको आवासको लागि मिति २०८० सालको श्रावण महिनामा सम्झौता गरी घरभाडा भुक्तानी गरिएको देखिएको छ।

पालिका बाहिर आवास भाडामा लिनु नियत कानून विपरीत  कार्य हो।

Ddl dental
Leave A Reply

Your email address will not be published.