मेयर डिल्लीराज सवारी साैख, काठमाडौंमा गाडी चढेर उडाए अढाई लाख

dream cafe
learnar

डडेल्धुरा : किफायती र मितव्ययी बन्नुपर्ने सरकारी भ्रमणमा अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्ली राज जोशीले नियमको ‘ब्रेक’ हानेका छन्।

नगरप्रमुख जोशीले काठमाडौँ भ्रमणका क्रममा नियमविपरीत दुईलाख ५६ हजार रुपैयाँ सवारी भाडा लिएका हुन्।

Arthik

जोशीले काठमाडौं जाँदा नियमअनुसार पाउने रकम छुट्टै लिएता पनि पुुन: दोहोरो सुविधाका नाममा सवारी भाडा लिएका हुन्।

खाद्य

महालेखा परिक्षणको प्रतिवेदन अनुसार ५ पटक काठमाडौं गएर ३२ दिन बिताएका उनले प्रतिदिन ८ हजारका दरले दुईलाख ५६ हजार रुपैयाँ सवारी भाँडा लिएका हुन्।

भ्रमण खर्च नियमावली, २०६४ को नियम ४(१) अनुसार भ्रमणमा सहभागी कर्मचारी वा पदाधिकारीले सम्भव भएसम्म किफायती र कम खर्चिलो सवारी साधन प्रयोग गर्नु पर्नेछ।

यद्यपि प्रमुख जोशीले नियमअनुसार सुविधा लिइसकेता पनि प्रतिदिन आठ हजारका दरले सवारी भाडा सुविधा फेरि छुट्टै रूपमा लिएको दाबी लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ।

यस्ता खर्च भ्रमण खर्च नियमावलीमा छुट्टै रूपमा उल्लेख नभएको र यसले सरकारी कोषमा अनावश्यक भार पार्ने उल्लेख गर्दै लेखापरीक्षण निकायले उक्त रुपैयाँ असुल गर्नुपर्ने उल्लेख गरेको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.