विज्ञ सल्लाहकारका नाममा परशुराममा  सात लाख बढी झ्वाम

dream cafe
learnar

डडेल्धुरा : परशुराम नगरपालिका डडेल्धुराले नियमविपरीत विज्ञ सल्लाहकार नियुक्त गरी सात लाखभन्दा बढी रकम अनियमित गरेेको पाइएको छ।

परशुरामले विज्ञ सल्लाहकारका नाममा सातलाख ५२ हजार ४ सय २४ रुपैयाँ अनियमित गरेको हो।

Amargadhi Education
अजयमेरु फाैजी केरा

महालेखा परिक्षणका अनुसार, सुदूरपश्चिम प्रदेशको “स्थानीय तहका पदाधिकारी वा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५” मा स्थानीय तहका प्रमुख तथा उपप्रमुखले विज्ञ सल्लाहकार राख्न नपाउने स्पष्ट व्यवस्था छ।

यस्तै, “स्थानीय सरकार सञ्चालन ऐन, २०७४” को दफा ८३(८) अनुसार तोकिएको भन्दा फरक पदमा कर्मचारी नियुक्त गर्न नमिल्ने उल्लेख छ।

तर, परशुराम नगरपालिकाले यी कानुनी प्रावधानहरू विपरीत २०८० साल साउन ४ गते नगर कार्यपालिकाको निर्णयमार्फत एक विज्ञ सल्लाहकार नियुक्त गरेको देखिन्छ।

नगरपालिकाले नियुक्त सल्लाहकारलाई मासिक तलब ४३ हजार ६ सय ८९ र विशेष भत्ता १७ हजार ४ सय ७५ गरि कुल ६१ हजार १ सय ६४ का दरले भुक्तानी गरेको हो।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.