अमरगढीका मेयरदेखि वडाध्यक्षले ८५० मा नियत देखाएपछि…

dream cafe
learnar

डडेल्धुरा : अमरगढी नगरपालिकामा नगरप्रमुख देखि वडाध्यक्षले नियमविपरीत भत्ता लिएको खुलेको छ।

गत आर्थिक वर्षमा राष्ट्रपति रनिङ शिल्ड संचालन तथा व्यवस्थापन समितिको बैठकमा उनीहरूले नियमविपरीत भत्ता लिएको पाइएको हो।

बोहरा मेडिको सेन्टर

भत्ता लिनेमा नगरप्रमुख डिल्लीराज जोशी, वडाध्यक्ष परमान्नद साहु, शिक्षाशाखा प्रमुख हेमन्तराज पन्त, खेकुदसँग सम्बन्धित ब्यक्ति तथा शिक्षकहरू डम्बर बहादुर थापा, डम्बर भण्डारी, करन साउद, मोहनसिंह भण्डारी, धर्मराज पन्त, सुरेन्द्र सिंह ऐर रहेका छन्।

GBL NEW

उनीहरूले लिएको भत्ता असुल गर्नु पर्ने महालेखाको प्रतिवेदनमा छ।

लेखापरीक्षणको क्रममा सार्वजनिक भएको यो विषयमा अर्थ मन्त्रालयको कार्यसंचालन निर्देशिका, २०७७ को दफा ७.१.१ को बुँदा नं. ३ अनुसार एउटै निकाय अन्तर्गतका कर्मचारीलाई यस्तो भत्ता दिन नपाइने स्पष्ट व्यवस्था भए पनि पालिकाका कर्मचारीहरुले नियम विपरीत भत्ता लिएको देखिएको महालेखा परिक्षणको प्रतिवेदनले देखाएको हो।

पालिका लेखा परीक्षणको नमुना परीक्षणबाट खुलासा भएअनुसार, समितिको बैठकमा सहभागी भई जनही ८५० रूपैयाँका दरले जम्मा ७ हजार ६ सय ५० रुपैयाँ बराबरको भत्ता लिएका छन्।

महालेखा परीक्षणले यी सबै व्यक्तिबाट उक्त रकम असुल गर्नुपर्ने सुझाव दिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.