कैलालीमा लागूऔषध कारोबारमा प्रहरी संलग्न, पक्राउ परे विश्वकर्मा

dream cafe
learnar

धनगढी : धनगढीमा लागुऔषध (खैरो हेरोइन)सहित नेपाल प्रहरीका जवान पक्राउ परेका छन् ।

HARDIK AGRo NEw

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले मंगलबार गोदावरी नगरपालिका-९ घर भएका चिरञ्जीवी विश्वकर्मालाई लागुऔषधसहित पक्राउ गरेको हो ।

Ird

उनको साथबाट ३८० मिलिग्राम हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमै कार्यरत थिए ।

उनलाई धनगढी उपमहानगरपालिका–२ स्थित सोही कार्यालय बाहिरको सडकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.