कञ्चनपुरमा तस्करबाट कुटिए  प्रहरीका असई

dream cafe
learnar

कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिका–१० स्थित पचुई प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) धीरबहादुर चन्दमाथि कुटपिट भएको छ।

प्रहरीका अनुसार केही दिनअघि प्रहरी चौकी नजिकै दिनदहाडै चन्दमाथि आक्रमण भएको थियो।

GBL NEW

उनले भारतबाट अवैध रूपमा सामान ल्याउँदै गरेका व्यक्तिहरूको चेकजाँच गर्ने क्रममा आक्रमणमा परेका हुन्।

घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कञ्चनपुर प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रहरीले कुटपिटमा संलग्न व्यक्तिको पहिचान गरिसकेको र उनीहरूलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइने जनाएको छ।

प्रहरीले आक्रमणमा संलग्न समूह भारतबाट अवैध सामान ओसारपसार गर्ने गिरोह भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.