कैलालीमा महिलामाथि हातपात: दोषी प्रहरीमाथि छानबिन गर्न डीएसपीको नेतृत्वमा समिति गठन

dream cafe
learnar

कैलाली : टीकापुरमा चेकिङका क्रममा एक महिलामाथि प्रहरीद्वारा हातपात गरिएको आरोपपछि जिल्ला प्रहरी कार्यालय कैलालीले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहको नेतृत्वमा गठित समितिले घटनाको यथासिघ्र अनुसन्धान गर्ने जनाइएको छ।

बोहरा मेडिको सेन्टर

शुक्रबार साँझ टीकापुर–७ मा स्कुटीमा सवार राजकुमारी कुँवर शाहलाई सत्ती प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) यज्ञराज पन्तले ‘तँ’ भनेर सम्बोधन गरेको विषयमा विवाद बढ्दै जाँदा हातपात भएको बताइएको छ।

प्रारम्भिक भनाभन सई पन्त र प्रहरी हवल्दार सुरेन्द्र बोहरासँग भएको देखिन्छ।

GBL NEW

त्यही क्रममा पोशाकविनै रहेका सई पन्तले महिलामाथि हातपात गरेको भिडियो सार्वजनिक भएपछि घटना व्यापक चासोको विषय बनेको हो।

पीडित शाहले इलाका प्रहरी कार्यालय टीकापुरमा लिखित उजुरी दिएकी छन्।

सार्वजनिक भिडियोमा देखिएका दृश्य र सामाजिक सञ्जालमा आएका प्रतिक्रियाले घटनालाई थप संवेदनशील बनाएको छ।

घटनामा संलग्न दुवै प्रहरीलाई कार्यालयमा तानेर अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

समितिले छिट्टै प्रतिवेदन पेस गर्नेछ भने दोषी ठहरिएकामाथि आवश्यक अनुशासनात्मक कारबाही गरिने बताइएको छ।

यता, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डम्बर बहादुर विकले प्रहरीको आचरण र व्यवहारमा सुधार ल्याउने बताएका बेला यस्तो घटना घट्नु थप विडम्बनापूर्ण रहेको टिप्पणी गरिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.